निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,२९ भाद्र ।
सिद्धलेक गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको कार्यालय बुङचुङमा भएको समिक्षा कार्यक्रममा आर्थिक बर्ष २०७८/७९ मा गाउँपालिकाको कार्यक्रम, बजेट विवरण, आयोजनाको प्रगती,समस्या चुनौती र यस आर्थिक बर्षमा सन्चालन गरिने कार्यक्रमका विषयमा जानकारी गराईएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले गाउँपालिकाको विकासको लागि सबैसँग समन्य गरेर अगाडी बढ्ने बताउनुभयो। त्यस्तै उपाध्यक्ष सविता अर्यालले गाउँपालिकालाई समृद्ध बनाउन आ–आफ्नो तहबाट सहयोग गर्न आग्रह गर्नुएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक डायरी र शैक्षिक क्यालेन्डरको व्यवस्था, स्वास्थ्य संस्थाहरुको विस्तार, सबै स्वास्थ्य कार्यलय र वडा कार्यलयहरुको भवन निर्माण सम्पन्न, भुकम्पबाट क्षति भएको विद्यालयहरुको पुननिमाण। जेष्ठ नागरीक स्वास्थ्य स्याहार कार्यक्रम, स्त्री रोग तथा प्रजनन् विषेशज्ञ सहित स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन लगाएतका उल्लेखनिय काम गरेको प्रशासन शाखा प्रमुख एवम सूचना अधिकारी हरि पाटा मगरले बताउनुभयो।
साथै आन्तरीक स्रोतको कमी,आम नागरीकको स्थानिय तह प्रति बढ्दो निर्भरता,फोहोर महिला व्यवस्थापन गर्न कठिनाई,डम्पिङ साइटको अभाव र दरबन्दी अनुसार कर्मचारी नहुनु गाउँपालिकाको प्रमुख समस्या भएको उहाँको भनाई छ । गाउँपालिकाले गत वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमुल्यांकनको १०० पुर्णाङंको सूचकमा ५४.५ अंक ल्याई जिल्लाकै दोस्रो भएको सूचना अधिकारी मगरले बताउनुभयो।
समिक्षा कार्यक्रममा बोल्ने अतिथीहरुले गाउँपालिकाबाट प्रवाह हुने सेवामा विस्वसनीयता, पारदर्शिता, सुशासन र जवाफदेहितामा ध्यान दिएर सेवा प्रवाह गर्न जोड दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका बिभिन्न शाखा प्रमुखहरुले गत वर्ष सम्पादित कार्य विवरण प्रस्तुत गर्नुभएको थियो गाउँपालिकासँग समन्वय गरी कार्यक्रम, परियोजना संचालन गरिरहेका संघसंस्थाहरुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष खतिवडाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सविता अर्याल,निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवाल, जिल्ला भुमि आयोगका आयोग अध्यक्ष कृष्ण अर्यालको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा ७ वटै वडाका वडाध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधि,फोकस नेपाल, प्रयास नेपाल, एक्सन नेपालका प्रतिनिधि, गाउँपालिकाको विभिन्न शाखा प्रमुख एंव कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |