नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
नेपालले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा सुरु हुनेछ ।
पाहुना टोली नेपाल आज सुखद् सुरुआतको योजनामा हुनेछ । केन्या नेपालका लागि सहज प्रतिद्वन्दी पनि हो । टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । यसअघिको दुई भेटमा नेपालले केन्यालाई सहजै पराजित गरेकाे थियाे । सन् २०१३ मा युएईमा भएको टी-२० विश्वकप क्वालिफायर र सन् २०१८ मा एकदिवशीयमा नेपाल विजयी भएकाे थियाे ।
नेपालले केन्यामा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने तालिका छ । दोस्रो टी-ट्वान्टी भदौ १० गते , तेस्रो टी-ट्वान्टी भदौ १२ गते, चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ भने एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
नेपाली टाेलीः-
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, सोमपाल कामी, विवेक यादव, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद (विकेटकिपर), साहब आलम, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र किशोर महतो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |