प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौँ,०८ भाद्र ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रेहका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न विषयमा छलफल भएको छ ।
झन्डै ६ महिनापछि बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओलीले प्रधानमन्त्री देउवालाई समसामयिक राजनीतिक घटनाका विषयमा ध्यानाकर्षण गराएका छन् । भेटवार्तामा एमालेका उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेल तथा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।
प्रवक्ता कार्कीका अनुसार भेटवार्तामा ओलीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निष्पक्ष हुनुपर्ने तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयकमा प्रतिपक्षीसँग पनि छलफल गरेर अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
साथै विवादित बनेको नागरिकता विधेयकमा पनि छलफल भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् तर, सरकारले भदौ २ गते हुबहु फेरि प्रतिनिधि सभाबाट पारित गरेको छ । यसमा एमालेले सात वर्षे हदम्याद राखेर सर्वस्वीकार्य बनाउन माग राख्दै आएको थियो ।
भेटमा ओलीले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएर जनताकाे जनजिवन कष्टकर बन्दै जाँदा पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेकोमा समेत ध्यानाकर्षण गराएका छन् । यी सबै विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिएकाे र पाँच दलीय गठबन्धनमा समेत छलफल गरेर अघि बढ्ने बताएकाे प्रवक्ता कार्कीले जानकारी दिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |