तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,०७ भाद्र ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्डरग्राउण्डमा पसल संचालन गर्नेहरुमाथि एक्सन लिएका छन् ।
काठमाण्डौको बानेश्वर स्थित बजार क्षेत्रमा व्यापारिक कम्प्लेक्सका अण्डरग्राउण्डमा पार्किङ स्थलमा पसल संचालन भएको पाइएपछि ति पसलहरु हटाउन सुरु गरिएको हो । हिजो सोमबार बिहानैबाट महनगरपालिकाका मेयर बालेन्द्र शाह स्वय्म उपस्थित भएर अवैध रुपमा पसलहरु संचालन गरिएका स्थलहरुको अनुगमन गर्दै उक्त क्षेत्र खाली गराउने अभियानको सुरुवात गरेका छन् ।
महानगरपालिकाले यसरी पार्किङस्थलमा संचालित पसलहरु हटाउनु स्वभाविक देखिएपनि यसले बालेन्द्र शाहलाई दिर्घकालीन रुपमा असर देखिन सक्छ । उता काठमाण्डौका घर धनीहरुले घरको अण्डरग्राउण्डलाई पार्किङ स्थल भनी नक्सा पास गरेको पाइएकोमा हाल पसल संचालन गरेको पाइएकोले उक्त पसलहरु हटाउने कामको सुरुवात गरिएको काठमाण्डौ महनगरपालिकाले जानकारी दिएको छ ।
नक्सा पास गराउँदा पार्किङ स्थल भनिएको कोठाहरुमा पसल संचालन गरिनु राम्रो नभएकोले पसल वन्द गराउन थालिएको भएतापनि काठमाण्डौमा स्थानीयहरुले त्यसको विरोध गरिरहेका छन् । आफ्नो घरको कोठामा आफ्नो सोंच अनुसारको व्यवसाय संचालन गर्न पाउनुपर्ने स्थानीयको आवाज छ तर, महानगरपालिकामा नक्सा पास गराउँदा पार्किङ स्थल र स्थलगत अनुगमन गर्दा पसल भएको पाउनु पनि एउटा किसिमको समस्या हो ।
स्थानीयहरुले नक्सा पास गराउँदा किन पार्किङ स्थल भने र अहिले किन पसल चलाईरहेका छन् ? बालेन्द्र शााह आफैंले पनि यो विषयमा गम्भीरताका साथ लिएका छन् कि छैनन् ? कि नक्सा पासको आधारमा हेर्ने र मेल खाए छोड्ने मेल नखाए बन्द गर्ने हो ? काठमाण्डौ महानगरपालिकाले कानूनी रुपमा कुनै व्यवधान सृजना गरेका कारण उनीहरुले नक्सा पास गर्ने समयमा अण्डरग्राउण्ड राख्न बाध्य भएका पो हुन् कि ? यि र यस विषयलाई पनि ध्यान दिनपर्ने देखिन्छ ।
काठमाण्डौ महानगरपालिकाको निर्णय के छ त्यो हेर्न बाँकी छ तर, अहिले पसल वन्द गराउँदा त्यसरी बन्द गराउनेहरुको संख्या के कति हुन सक्छ ? कि स्वतन्त्र व्यक्तिले जितेको धङधङी हो ? यसरी नै अगाडि बढेर बालेन्द्र शाहले आफ्नो अभियान पूर्ण रुपमा सम्पन्न र सफल पार्लान्? यो विषय भने हेर्न बाँकी नै छ ।
यसअघि नै मेयर शाहले ३५ दिने सूचना प्रकाशन गरेर पसल हटाउन भनेको भए पनि पसल संचालकबाट त्यो निर्णयको पालन हुन सकेको छैन यो मेयर शाहलाई एक प्रकारको चुनौती नै हो । मेयर शाहले आजसम्म जे जति निर्णय गरे ति निर्णयहरु पूर्ण रुपमा कार्यान्वयनमा जाने स्थिति आयो भने बालेन केही समय वा वर्षमै सफल मेयरको रुपमा चिनिनेछन् । भएका निर्णयहरु कार्यान्वयनमा जाने स्थिति आएन भने उनका सफलतामाथि प्रश्न उठ्नेछ यसर्थ मेयरले के निर्णय के का लागि गर्ने भन्ने विषयमा स्वयम् बालेन्द्र र नीजको सचिवालयले सोचोस् अन्यथा असफलताको पगरी बोक्नुको विकल्प हुँदैन ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |