नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,२६ साउन।
सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालले बिहीबारदेखि डायलाइसिसको उपचार सुरु गरेको छ । बिहीबार डा.दिनेश रेग्मीको टोली र तालिमप्राप्त नर्स अस्मिता भुषालको टोलीले मृगौलाका बिरामी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारका पदम बहादुर थपलियाको डायलाइसिस गर्दै सेवा सुरु गरेको हो ।
बागमती प्रदेश सरकारको सहयोगमा सुरु भएको सेवाको गत शनिबार बागमती प्रदेशका मुख्य मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले शुभारम्भ गर्नुभएको थियो ।
धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बढी खर्चिलो हुने र विरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको बताउनुभयो । चार वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका विरामी लाभान्वित हुने उहाँको भनाई छ ।
सेवा शुभारम्भ भएसँगै जिल्ला बाहिर पुगेर डायलायसिस गराईरहेका विरामीहरुलाई खवर गरिरहेको र उहाँहरु अब आफ्नै जिल्लामा डायलायसिस सेवा लिन आउने अस्पतालका सूचना अधिकारी बिक्रम बि.कले जानकारी दिनुभयो ।
धादिङमा डायलाइसिस सेवा नहुदा नागरिकहरुलाई काठमाडौँ, चितवन लगायतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो ।अहिले जिल्लामै उक्त सेवा शुभारम्भ भएपछि डाएलाइसिस गराउनुपर्ने बिरामीहरुलाई सहज भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |