नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौँ,२७ असार ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आज त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।
नेपाल आजको खेलमा जित निकाल्दै सानदार सुरुवात गर्न चाहन्छ । तर, बलियो टोली नामिबियालाई हराउन भने नेपाललाई सहज छैन । नेपालले ब्याटिङ र बलिङमा स्थिर प्रदर्शन गर्न सकेको छैन ।
लिग २ मा नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउने छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझैं विश्वकप ग्लोबल छनोट खेल्न बाँकी खेलमा जित्नुपर्ने दबाब छ ।
नेपालको टोली-
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |