काठमाडौ,२६ असार ।
काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक प्रहरीले २ हजार ४८ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाका विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७१ जना, मदिरा पिएर सवारी साधन चलाउने १२९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०४ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९४ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना रहेका छन् ।
लेन उल्लंघन गर्ने ५४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
फाईल तस्विर
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |