धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
धादिङ,२० असार
धादिङको खनियावास गाउँपालिकाले कृषकहरुलाई कृषि यान्त्रीकरण वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ र उपाध्यक्ष सेक्केमान तामाङले कृषकहरुलाई कृषि सामाग्री वितरण गर्नुभएको हो ।
खनियाबास उद्यमशिलता बिकास परियोजनाको कृषी यान्त्रिकरण कार्यक्रम अन्तर्गत कृषक समुह, कृषि सहकारी र व्यावसायीक फर्महरुलाई समाग्री वितरण गरीएको हो ।
कृषकहरुको २० प्रतिशत र खनियावास उद्यमशिलता विकास परियोजनाको ८० प्रतिशत साझेदारीमा मिनी टिलर २५ थान, घाँस काट्ने मेसिन २५ थान, कम्माईण्ड मिल २२ थान, दाना बनाउने मेसिन ३ र स्प्रे पम्प १२ थान वितरण गरीएको कार्यक्रम संयोजक पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।
खनियावास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपाली, प्रशासन शाखा प्रमुख नबराज श्रेष्ठ, वडा अध्यक्षहरु, वडा सदस्य लगायतको आतिथ्यता रहेको थियो ।
कृषि सामाग्री वितरणलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले कृषिमा यान्त्रीकरण गर्ने उद्धेश्यले उक्त कार्यक्रम सन्चालन गरीएको बताउनुभयो ।
कृषिमा व्यवसायीकरण गर्ने र त्यसको लागि यान्त्रीकरणको व्यवस्था गर्ने भन्दै उहाँले कृषी क्षेत्रमा पालिकाले विशेष योजना बनाएर अघि बढीरहेको समेत बताउनुभयो ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |