नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
काठमाण्डौ,१७ असार।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा रोगको जोखिम बढेकाले रोकथामका लागि पूर्व तयारीमा जुट्न सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् र खानेपानी दूषित भइ हैजा जस्ता सङ्क्रामक रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथाममा जुट्न निर्देशन दिएको हो ।
जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्ना ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ । यस्तै, महामारी लगायतको प्रतिकार्यका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकता अनुसार शय्याको व्यवस्थापन गर्न, औषधि उपकरणको तयारी गर्न अस्पतालहरुलाई भनिएको छ ।
यस्तै, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र ( एचईओसी) र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (पीएचईओसी) सँग सवन्वय गर्न पनि भनिएको छ । अहिले हैजा, झाडापखालासँगै कोरोना भाइरसको सङ्क्रमणका बिरामी बढ्दै छन् ।
यस्ता सरुवा रोगबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । खाना खानुअघि र दिसा गरेपछि साबुन पानीले हात धुन तथा मास्क लगाएर मात्र हिँडडुल गर्न मन्त्रालयको आग्रह छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |