निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, ९ असार।
पूर्णशंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ तेस्रो सातादेखि सुरु हुने भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने पाँच दिने प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रतियोगिता २१ असारबाट सुरु हुनेछ ।
स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने प्रतियोगितामा महिला र पुरुष टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (६० वर्षमाथि) मा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा शीर्ष १६ टेबल टेनिस खेलाडीबाहेक देशभरका सबै खेलाडीले सहभागिता जनाउन सक्ने अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।
प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ३० हजार रुपैयाँ छ । जसमा पुरुष र महिला एकलको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
भेट्रान्स एकल पुरुषतर्फको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँबाट सम्मानित हुनेछन् ।
यस्तै, प्रतियोगिताको पदक तालिकाअनुसार शीर्ष स्थान हासिल गर्न सक्ने वडालाई ५० हजार रुपैंया र रनिङ्ग प्रदान गरिने शाक्यले बताए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |