नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौं, ७ असार
अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ ।
निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा नेम्वाङ समूहकै वीरबहादुर खड्का ४४ मतसहित विजयी भए । शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मत मात्रै प्राप्त गरे ।
उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानल हाबी भयो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुँदा शेर्पा प्यानलका एक उम्मेदवार विजयी भए ।
नेम्वाङ प्यानलबाट दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा शेर्पा प्यानलका दीर्घबहादुर (कुमार) केसी विजयी भए । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा तथा नेम्वाङ खेमाका सुन्दरनरसिंह जोशी पराजित भए ।
महिला सदस्यमा भने दुवै प्यानलका एक–एक उम्मेदवार विजयी भए । शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ विजयी भए । नेम्वाङ प्यानलकी विन्द्रा देवान र शेर्पा प्यानलकी विना श्रेष्ठ पराजित भए ।
१३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् । चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन । एन्फाको विधानअनुसार आजै पुन: निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको छ ।
सदस्य पदमा नेम्वाङ प्यालनका रविन्द्र चन्द ४६, अनिल मल्ल ४७, भोजराज शाही ४४, पुरुषोत्तम थापा ४३, महेन्द्र क्षेत्री ४४, विजय नारायण श्रेष्ठ ४४ मत ल्याएर विजयी भए ।
शेर्पा प्यानलका रमेश व्यञ्जनकार ४३, भरत बुढ थापा ४०, टिका लामा ४१, मणिराज विष्ट ४२, मनिष जोशी ४८ मत ल्याएर विजयी भए ।
शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ दीपेन्द्र धिमालको समान ३९ मत आएको थियो ।
२१औं चुनावी साधारण सभाले चयन गरेको १९ सदस्यीय कार्यसमिति:
अध्यक्ष: पंकजविक्रम नेम्वाङ (४५)
वरिष्ठ उपाध्यक्ष: वीरबहादुर खड्का (४४)
उपाध्यक्ष: विराटजंग शाही (४७), दीपक खतिवडा (४७), दावा लामा (४८), दीर्घबहादुर केसी (४३)
महिला सदस्य: पेमा डोल्मा लामा (४३), सरिला श्रेष्ठ (४६)
सदस्य: रविन्द्र चन्द (४६), अनिल मल्ल (४७), भोजराज शाही (४४), पुरुषोत्तम थापा (४३), महेन्द्र क्षेत्री (४४), विजय नारायण श्रेष्ठ (४४), रमेश व्यञ्जनकार (४३), भरत बुढ थापा (४०), टिकाराम लामा (४१), मणिराज विष्ट (४२), मनिष जोशी (४८)
उपाध्यक्षमा धादिङका दिपक खतिवडा विजयी
अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडा विजयी भएका छन् । बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा नेम्वाङ को प्यानलबाट उम्मेदवारी दिएका धादिङका खतिवडाले ८४ मतमा ४७ मत ल्याउदै विजयी भएका हुन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |