निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
एजेन्सी
न्युयोर्क, २ असार।

सानै उमेरमा अरूसँग राम्रोसँग खेल्न सिक्ने बालबालिकाको मानसिक स्वास्थ्य पछि राम्रो हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ । अन्य बच्चाहरूसँग सफलतापूर्वक खेल्ने क्षमताले मानसिक स्वास्थ्यमा सुरक्षात्मक प्रभाव पार्ने अध्ययनको निस्कर्ष छ । क्याम्ब्रिज विश्वविद्यालयका अन्वेषकहरूले तीन र सात वर्षको उमेरमा जम्मा गरेका झण्डै १७ सय बालबालिकाको तथ्यांक विश्लेषण गरेका थिए ।
तीन वर्षको उमेरमा साथीहरू राम्रो खेल्ने क्षमता भएकाहरूले लगातार चार वर्षपछि खराब मानसिक स्वास्थ्यको न्यून लक्षण देखाएका थिए ।
तिनीहरूमा न्यून हाइपरएक्टिभिटी देखिएको, आचरण र भावनात्मक समस्यबारे आमाबाबु र शिक्षकहरूले थोरै गुनासो गरेको र तिनीहरू अन्य बच्चाहरूसँग थोरै झगडा वा न्यून असहमति राख्ने गरेको अध्ययनमा उल्लेख छ ।
अनुसन्धानकर्ताहरूले विशेषगरी मानसिक स्वास्थ्य समस्याको जोखिममा रहेका बच्चाहरूको उपसमूहहरूमा केन्द्रित गर्दा पनि उक्त ‘कनेक्सन’ले काम गरेको थियो । मानसिक स्वास्थ्यको लागि अन्य जोखिम कारक तत्वहरू–जस्तै गरिबीको स्तर, गर्भावस्थाको समयमा वा त्सपछि आमामा गम्भीर मनोवैज्ञानिक संकटको अनुभव इत्यादिले पनि बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको हुन्छ ।
मानसिक स्वास्थ्य समस्याहरूको जोखिममा पर्न सक्ने साना बालबालिकाहरूलाई साथीहरूसँग खेल्ने अवसर दिनुपर्ने अध्ययनको निस्कर्ष छ ।
शोधको नतिजा ‘बाल मनोचिकित्सा र मानव विकास’ जर्नलमा प्रकाशित छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |