शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
एजेन्सी
ओटावा, ३१ जेठ ।
क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन् ।
सरकारले ल्याउन लागेको नयाँ कदम युवाप्रति लक्षित छ, जसले जसले प्रायः ‘सामाजिक परिस्थितिहरूमा प्याकेजमा छापिएको जानकारीलाई बेवास्ता गर्दै’ चुरोटमा पहुँच राख्छन् । यस विषयमा शनिबारदेखि ७५ दिने सार्वजनिक वहस कार्यक्रम सुरु हुँदैछ ।
‘खिलिमा नै स्वास्थ्यसम्बन्धी सावधानी सन्देश राख्दा यो मानिसहरूसम्म पुगेको सुनिश्चित हुनेछ,’ मन्त्री बेनेटले भनिन् । सन् २००१ मा चुरोटको प्याकेटमा राखिएको सावधानीसहितको फोटो सरकारले अपेक्षा गरेजस्तो प्रभावकारी नभएको उनले बताइन् ।
सरकारले ल्याउन लागेको नयाँ प्रस्तावको क्यानडाको हर्ट एन्ड स्ट्रोक फाउन्डेसनले स्वागत गरेको छ । ‘क्यानाडामा अब विश्वमा चुरोटका लागि सबैभन्दा बलियो स्वास्थ्य चेतावनी प्रणाली हुनेछ’ फाउन्डेसनका सीईओ डग रोथले भने ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |