नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौं, १९ जेठ
युरो २०२० च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै अर्जेन्टिना ‘फाइनलिसिमा’ च्याम्पियन बनेको छ । बुधबार राति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउँन लौटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक–एक गोल गरे ।
खेलमा सुरुवातदेखि नै पकड बनाएको अर्जेन्टिनाले २८औं मिनेटमा मार्टिनेजले गरेको गोलबाट अग्रता लिएको थियो । मार्टिनेजले कप्तान लियोनल मेसीको क्रसमा ‘फर्स्ट टच’ गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। मार्टिनेजले निकालेको ‘थ्रू’ बलमा डी मारियाले उत्कृष्ट ‘फर्स्ट टच’ गोल गरेका थिए ।
यस्तै, खेलको इन्जुरी समयमा डिबालाले टिमका लागि तेस्रो गोल गरे । ९०औं मिनेटमा मैदान प्रवेश गरेका डिबालाले मेसीको पासमा गोल गरेका थिए । इटालीविरुद्धको जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेल पुर्याएको छ । अर्जेन्टिना पछिल्लो तीन वर्षअघि ब्राजिलसँग पराजित भएको थियो ।
खेलका लागि सन् २०२० को फेब्रअरी १२ मा युइएफए र कन्मेबोलबीच सहमति भएको थियो । यस्तै, २०२२ को मार्चमा युइएफएले यो खेल वेम्बली रंगशालामा हुने र प्रतियोगिताको नाम ‘कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप’ हुने जनाएको थियो ।
यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १०९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो । जसको उपाधि तत्कालीन कोपा विजेता अर्जेन्टिनाले जितेको थियो ।
त्यसअघि सन् १९८५ मा युरो विजेता र कोपा विजेताबीच पहिलो पटक कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप खेलेका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |