नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, १० जेठ
धादिङ अस्पताल धादिङमा आजदेखी मनोचिकित्सा विशेषज्ञ सेवा सुरु भएको छ ।
ओपिडी सेवामा मानसिक रोगको उपचार भएको जिल्लामै पहिलो पटक हो । जिल्लामा आत्महत्याको दर बढेको र मानसिक रोगीहरुपनि बढ्दै गएको कारण जिल्लामा ओपिडी सेवा सुरु गरिएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.मधुकर दाहालले नीलकण्ठ एफ.एमलाई जानकारी दिनुभयो ।
धादिङ अस्पतालमा मानसिक रोगको उपचार सुरुभएपछि काठमाण्डौँ जाने र नीजि क्लिनिक धाउनुपर्ने बाध्यता हट्ने दाहालले बताउनुभयो । अस्पतालमा मानसिक स्वास्थ्य सेवालाई बिस्तार गर्दै विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउने योजना अनुसार सेवा सुरु गरिएको दाहालले भनाई छ । जेठ १५ गतेपछि धादिङ अस्पतालमा न्युरोको बाहेक अन्य रोगको उपचार समेत हुने दाहालले बताउनुभयो ।
हरेक दिन बिहान १० बजे देखि ५ बजे सम्म मनोरोग विशेषज्ञबाट सेवा प्रवाह हुने अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो। मानसिक रोग विशेषज्ञ डा.श्रीया बस्ताकोटीद्वारा सेवा प्रवाह हुने भएकोले नयाँ तथा पुराना मानसिक रोगीहरुलाई उपचारमा आउन अस्पताल प्रशासनले आग्रह गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |