नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
लन्डन, ८ जेठ
कम्तिमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै पनि देशको नाम नलिइकन थप ५० संदिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ । अझै बढी केसहरु बढ्ने चेतावनी पनि डब्लूएचओले जनाएको छ ।
अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरुमा संक्रमण पुष्टि भइसकेको छ । मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मंकीपक्स बढी मात्रामा देखिन थालेको छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल संक्रमण हो, जसको सामान्यतया हल्का असर हुन्छ र अधिकांश संक्रमित केही हप्तामा निको हुन्छन् ।
भाइरस मानिसमा सजिलै नसर्ने र जोखिम निकै कम रहेको बताइएको छ । मंकीपक्सको लागि कुनै विशेष खोप छैन । तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकी दुई भाइरसहरू निकै समान छन् ।
हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा केसहरू पुष्टि गरेका छन् । शुक्रबार एक विज्ञप्तिमा डब्ल्यूएचओले हालैका प्रकोपहरू असामान्य रहेको र त्यो अन्य देशहरुमा फैलिएको जनाएको छ । -एजेन्सी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |