नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौं, ६ जेठ।
युगान्डाविरुद्धको चौथो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाल १५ रनले विजयी भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।
युगान्डाकी जनेत एम्बाबाजीले सर्वाधिक २१ रन बनाइन् । यसबाहेक, रिता न्यान्गेन्डो र फियोना कुलुमेले समान १६ रन जोड्दा ओपनर केभिन अविनो ११ रनमा पभेलियन फर्किएकी थिइन् । बलिङमा नेपालकी हिरनमायी रोयले दुई विकेट लिइन् । तीन ओभर बलिङ गरेकी रोयले ११ रन खर्चिइन् । यस्तै, कप्तान रुविना क्षेत्री, अस्मिना कर्माचार्य र कविता कुँवरले एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको नेपाल १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गरेको थियो ।
नेपालकी ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको बनाएकी थिइन् । उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन् । यस्तै, अर्की ओपनर विन्दु रावलले १६ रन जोडिन् । यस्तै, सिता राना मगर ११ रन जोडेर पभेलियन फर्किदा अन्य ब्याटरले दोहोरो रन बनाएका थिएनन् ।
युगान्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक र तीन विकेट लिएकी थिइन् । यस्तै, सहारा अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिएका थिए ।
पाँच खेलको शृंखलामा लगातार तीन खेमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ । नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।
शृंखलाको अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |