प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
एजेन्सी
नयाँ दिल्ली, ३१ वैशाख ।
पश्चिम दिल्लीको मुन्डकामा एउटा चार तले व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ ।
आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेका थिए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ ।
सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीपछि दुईजना पक्राउ परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति सहानुभूति प्रकट गरेका छन् । मृतकका प्रत्येक परिवारलाई जनही २ लाख भारु दिने मोदीले घोषणा गरेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |