धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौं, २७ वैशाख
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा पुगेको बताए ।
स्थानीय तह निर्वाचनमा ६५ दलले राजनीतिक रूपमा निर्वाचनमा होमिएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा एक लाख ४५ हजार ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पुरा भएको पौडेलले बताए ।
यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको छ । त्यसमध्ये ६ जना वडाध्यक्ष सहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।
१० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ पदमा प्रतिस्पर्धा गर्दैछन् । जसमा निर्विरोध निर्वाचित भएकालाई पनि समावेश गरिएको छ ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामाग्रीहरूसहित एक लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयमसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको प्रवक्ता पौडेलले बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |