नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
काठमाडौं, २५ वैशाख।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।
हाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा रहेका थापाले धोबिघाटस्थित अगेनो रेस्टुरेन्टमा दिउसो पौने २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् ।
थापाले नेपाली फुटबल र आफ्नो केही महत्वपूर्ण विषयमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको बताएका छन् ।
‘मैले नेपाली फुटबल र मेरो केही महत्वपूर्ण विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भइदिनुहुनका निमित्त हार्दिक अनुरोध गर्दछु,’ थापाले आग्रह गरेका छन् ।
यसअघि थापाले पत्रकार सम्मेलन गर्ने बताएका पनि व्यक्तिगत कारण देखाउँदै स्थगित गरेका थिए ।
करिब दुई दशक नेपाली फुटबलको सर्वाेच्च संस्था एन्फा हाकेका थापाले यस समयमा गर्ने पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।
एन्फाको आगामी चुनाव ६ असारमा हुँदै छ । आगामी ४ वर्षको नेतृत्व समाल्ने गरी हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ चुनावी मैदानमा उत्रँदै छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |