धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ, २४ वैशाख ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धादिङमा १ हजार ५ सय १५ जना कर्मचारी खटाइने भएको छ ।
जिल्ला निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीका अनुसार जिल्लामा सुरक्षाकर्मी बाहेक १ हजार ५१५ कर्मचारी र ९ सय ९ जना स्वयंसेवक खटाइने छ । केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरूको सूची तयार पारिएको छ ।
छनोट गरिएका कर्मचारीहरूमध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार जिल्ला निर्वाचन कार्यालय धादिङको आयोजनामा निर्वाचनको व्यवस्थापनको तयारीस्वरुप अभ्यासका लागि जिल्ला समन्वय समितिको प्राङ्गणमा नमुना मतदान कार्यक्रम गरिएको थियो ।
जिल्ला निर्वाचन अधिकृत ज्ञवालीले सहजीकरण गर्नुभएका कार्यक्रममा मतदान स्थलको सुरक्षा, कस्ता मतदाताले मत हाल्न पाउने, बुथ क्याप्चर भईहालेमा के गर्ने, निमिदा मतपत्र लगाएत भईपरि आउने समस्या र समाधानका विषयमा तालिम गरिएको थियो ।
नमुना मतदान केन्द्रमा ३० गते हुनेजस्तै व्यवस्थापन गरी महिला, पुरुष, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश गर्ने बाटो बनाइएको थियो। प्रवेश गर्ने ठाउँमा र मत पेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसमेत खटाइएको थियो।
नमुना मतदानमा मतदातालाई केन्द्रमा प्रवेश गर्ने प्रक्रियादेखि लाइन बस्ने, मतपत्र लिने, हातको औँलामा मसी लगाउने, मतदान गर्ने, मतपत्र पट्याउने र मत पेटिकामा मतपत्र खसाल्ने लगायत सबै प्रक्रिया पूरा गरिएको थियो ।
२ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा पालिका रहेको जिल्लामा यसपटक १ सय ९ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ३ सय ३ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता रहेका छन् । जसमा १ लाख ३६ हजार ४ सय ३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ जना रहेका छन् ।
धादिङमा मतदान स्थल र मतदान केन्द्र कुन पालिकामा कति ?
जिल्लाको सबैभन्दा बढी नीलकण्ठ नगरपालिकामा ११ मतदान स्थल र ४६ मतदान केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा कम नेत्रावती डबजोङमा ५ मतदान स्थल १४ मतदान केन्द्र र खनियाबास गाउँपालिकामा ५ मतदान स्थल र १२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यस्तै सिद्धलेकमा ७ मतदान स्थल र २४ मतदान केन्द्र, रुबीभ्यालीमा ८ मतदान स्थल र १२ मतदान केन्द्र, बेनीघाट रोराङमा १० मतदान स्थल र २४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी धुनीबेशीमा ९ मतदान स्थल र २८ मतदान केन्द्र, थाक्रेमा ११ मतदान स्थल र ३० मतदान केन्द्र, त्रिपुरासुन्दरीमा ८ मतदान स्थल र २४ मतदान केन्द्र, ज्वालामुखीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र रहेको छ।
गल्छीमा ८ मतदान स्थल र २३ मतदान केन्द्र, गजुरीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र, गंगाजमुनामा ७ मतदान स्थल र २० मतदान केन्द्र तोकिएको छ । धादिङमा सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा ४४ हजार १११ जना छन् भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकामा ८ हजार ९५३ मतदाता रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |