धादिङ २३ बैशाख
बेल्जियममा दुई नेपाली व्यवसायी पुरस्कृत भएका छन्। बेल्जियमका नेपाली व्यवसायीहरु लोक दाहाल र काशी दनैको कम्पनीलाई सम्मान गरेको हो ।सुशी किङ्ग ग्रुप सन्चालन गर्नुभएको दाहाल र दनैको कम्पनीलाई बेल्जियमको प्रसिद्ध बिजनेस म्यागजिन ट्रेन्डले सम्मान गरेको हो । सो म्याग्जिनले प्रत्येक वर्ष उत्कृष्ट व्यवसाय गर्ने नयाँ कम्पनीको सूचीमा रहेकाहरुलाई पुरस्कृत गर्दै आएको छ ।
छिटोछरितो र पारदर्शी बिक्रीदर कायम गरेको कम्पनीको सूचिको मनोनयनमा परेको दाहाल र दनैको कम्पनी एन्तवेरपेन प्रदेशका कम्पनीहरुद्वारा संचालित सफल रेस्टुुरेन्टहरुको वर्गिकरणमा दोश्रो स्थानमा परेको हो ।बेल्जियमभरी सन्चालनमा रहेका कम्पनीमध्ये ट्रेन्ड अवार्डमा बेल्जियम भरिका कम्पनीमा ४२ औ स्थानमा पर्न सफल भएको छ।
सुशी किङ्गले बिगत पाँच वर्षमा परेको व्यवसायको प्रगति र र कारोबारको मुल्यांकन गरेर मनोनयन गरिएको ट्रेन्डले जनाएको छ ।बेल्जियम सरकारको रेकर्डमा राम्रो कर भुक्तानी गर्ने, धेरै कामदारलाई रोजगारी दिने कम्पनीहरुलाई उक्त जर्नलले पुरस्कृत गर्दै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |