काठमाडौं, २१ वैशाख ।
वर्ष २०७९ सुरु भएपछिको २० दिनमा देशभर विपद्का घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाले यस वर्षको पहिलो २० दिनमा २८ करोड २२ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति गरिसकेको छ ।
वैशाख १ देखि २० गतेसम्मको अवधिमा देशभर ३४६ वटा विपद्का घटना रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।
उक्त अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । पछिल्लो २० दिनमा आगलागीका २३३, जंगल आगलागीका ४२, हावाहुरीका ३४, चट्याङका २४, जनावरको आक्रमणका ९ वटा घटना रेकर्ड गरिएको थियो ।
विपद्का घटनामध्ये आगलागीमा परी ८, चट्याङ लागेर ६, जनवारको आक्रमणबाट २ र पहिरो र हावाहुरीका घटनामा परी एक÷एक जनाको मृत्यु भएको प्राधिकरणले बताएको छ । विपद्का घटनामा परी ७९ जना घाइते भएका छन् भने ४७३ परिवार प्रभावित भएका छन् ।
विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीले गरेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो बीस दिनमा आगलागीबाट २६ करोड ३७ लाख ९१ हजार ६ सय रुपैयाँ, जंगल आगलागीबाट १ करोड ५ लाख ७० हजार रुपैयाँ, हावाहुरीबाट ७१ लाख ४० हजार रुपैयाँ, चट्याङबाट ४ लाख १३ हजार रुपैयाँ र जनावरको आक्रमणबाट ३ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |