भोजपुर, २१ वैशाख ।
११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |