निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, १९ वैशाख।
नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए ।
वर्षा हुनुअघि जिम्बाब्बेले चार ओभर तीन बलमा दुई विकेटको क्षतीमा ४८ रन बनाउदा खेल रोकिएको थियो ।
एक पटक पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो । तर, पुनः वर्षा हुँदा खेल सुरु हुन सकेन ।
पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्थ्यो । तर, सफल हुन सकेन।
तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ ।
नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्बेसँग खेल्न लागेको हो ।
यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |