काठमाडौं, १८ वैशाख
स्थानीय तह सदस्य निर्वाचनका लागि ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ ।
निर्वाचन आयाेगका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीका पोखरा
महानगरबाहेक सबै स्थान, बागमतीका ५ जिल्लामा मतपत्र पुगिसकेको छ ।
आज लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने आयाेगले जनाएकाे छ ।
निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको छ ।
मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।
निर्वाचन आयोगले १३ वैशाखबाट मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |