धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ, १२ बैशाख ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि नेकपा एमाले धादिङको १३ वटै पालिकाको उमेद्वारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
बाजागाजा सहित सयौंको संख्यामा उपस्थित कार्यकर्ताहरुको माझ १३ वटै पालिकाको उमेद्वारहरुले आ–आफ्नो निर्वाचन कार्यालयमा गएर उमेद्वारी दर्ता गराएका हुन् ।
पालिका प्रमुख र उप–प्रमुख संगै १ सय ४ वटा वडाको वडा अध्यक्षहरुले पनि उमेद्वारी दर्ता गराएका छन् ।नेकपा एमालेको तर्फबाट धादिङका दुई नगरपालिकाहरु नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठ र उपमेयरमा फन्द्रा तामाङ (रोशन) ले उम्मेद्वारी दिनुभएको छ भने धुनिबेशी नगरपालिकाको मेयरमा रामराजा पाण्डे र उपमेयरमा मन्दिरा श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ ।
यसैगरि गाउँपालिकाहरुमा थाक्रे गाउँपालिकाको प्रमुखमा कृष्ण पन्त र उपप्रमुखमा अम्बिका रुपाखेती, गल्छि गाउँपालिकाको प्रमुखमा केदार खतिवडा र उपप्रमुखमा राधा तिमल्सिना, गजुरी गाउँपालिकाको प्रमुखमा राजेन्द्र विक्रम बस्नेत र उपप्रमुखमा भगवती खतिवडा, बेनिघाट रोराङ गाउँपालिको प्रमुखमा देव प्रकाश त्रिपाठी र उपप्रमुखमा हिरादेवी रेग्मीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
यसैगरि सिद्धलेक गाउँपालिकाको प्रमुखमा प्रेमनाथ सिलवाल र उपप्रमुखमा कमला शर्मा, ज्वालामुखि गाउँपालिकाको प्रमुखमा हरिराम लोहनी र उपप्रमुखमा चन्द्र कुमारी अधिकारी, त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुखमा उमेश थापा र उपप्रमुखमा संगीता कुमाल, गंगागमुना गाउँपालिकाको प्रमुखमा भक्त बहादुर लामिछाने र उपप्रमुखमा एन्जिला तामाङले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाको प्रमुखमा सुर्वण रिमाल र उपप्रमुखमा विना कुमारी मम्बा, खनियाबास गाउँपालिकाको प्रमुखमा इमान तामाङ र उपप्रमुखमा खुपी कुमारी तामाङ, रुवीभ्याली गाउँपालिकाको प्रमुखमा प्रेम तामाङ र उपप्रमुखमा मञ्जु तामाङले उमेद्वारी दर्ता गराउनुभएको छ ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |