नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
काठमाडौं, ९ वैशाख ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा एरिक टेन हाङलाई नियुक्त गरेको छ । बिहीबार युनाइटेडले डच प्रशिक्षकलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।
युनाइटेडले विज्ञप्तिमा टेन हाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिन पाउँदा क्लब निकै हर्षित रहेको बताएको छ ।
टेन हाङ र युनाइटेडबीच सन् २०२५ जुनसम्मका लागि सम्झौता भएको छ ।
‘चार वर्ष आयाक्समा बिताएका एरिकले आफूलाई युरोपको सफल प्रशिक्षकमध्येमा प्रमाणित गरिसकेका छन् । टेन हाङ आक्रामक फुटबल र युवा खेलाडीप्रति प्रतिबद्धताको लागि चर्चित छन्,’ युनाइटेडका फुटबल निर्देशक जोन मुर्टाेफले भने ।
यस्तै, मुर्टोफाले टेन हाङसँग लामो समय सहकार्य गर्नका लागि युनाइटेड उत्सुक रहेको बताए । टेन हाङले युनाइटेडको प्रशिक्षकमा अनुबन्ध हुन पाउनु सम्मानको कुरा भएको बताए ।
‘म युनाइटेडमा आउँदो चुनौतीको सामना गर्न निकै उत्साहित छु । यस उत्कृष्ट क्लबको इतिहास र समर्थकहरुको गहिरो समर्थनको बारेमा थाहा छ । क्लबलाई सफलता प्रदान गर्न सक्षम टिमको निर्माण गर्नेछु,’ टेन हाङले भने ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |