निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, २ बैशाख ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको प्रशिक्षक संघको अध्यक्षमा पूर्वखेलाडी तथा प्रशिक्षक राजेन्द्र तामाङ निर्विरोध निर्वाचित भएका छन । शनिबार चितवनको सौराहामा भएको अधिवेशनबाट मनाङ मर्स्याङ्दीका प्रशिक्षकसमेत रहेका तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
आसन्न एन्फाको केन्द्रिय निर्वाचनका लागि प्रशिक्षक संघले अधिवेशनबाट प्रतिनिधि छनोट गर्न निर्वाचन गरेको थियो । संघले एक मताधिकार पाउनेछ । प्रशिक्षक संघमा तामाङ र चेत नारायण श्रेष्ठले दाबी गरेपनि पछि श्रेष्ठले दाबी छाेडेका थिए ।
पहिलो पटक अध्यक्ष भएका तामाङले अन्य प्रशिक्षक र अघिल्ला कार्यक्रम हेरेर अगाडि बढ्ने न्युज कारखानालाई बताएका छन् । ६ असारमा हुने एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।
१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब रहेका छन् । यस्तै खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |