धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ, ०१ बैशाख।
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता तथा संघीय सांसद खेम प्रसाद लोहनीले धादिङमा एमाले पाटी बलियो रहेको बताउनु भएको छ ।नीलकण्ठ एफ.एमबाट प्रसार भएको कार्यक्रम चुनावी बहसमा पत्रकार रामकुमार थापासँग कुराकानी गर्दे धादिङमा केहि नेताहरुले एमाले छाडेपनि जनताहरु एमाले पार्टीमै अडिग भएर बसेको दावी गर्नुभएको छ ।
आगामी निर्वाचनमा एमालेनै आउने भन्दै लोहनीले भन्नुभयो, “पाँच दलको गठबन्धनले निर्वाचनमा कुनै असर गर्दैन, केहि साथिहरुले एमाले छोडेपनि त्यसको कुनै असर छैन,किनभने केहि साथिहरु माओवादीबाट आएका छन् भने कहि साथिहरु अन्यदल त्यागेर प्रवेश गरेका छन् ।
एमाले छोडेर जाने भन्दा प्रवेश गर्नेको संख्या बढेकोले एमाले पहिलाको भन्दा पनि थप बलियो भएको छ ।”गठबन्धन भित्रै विवाद बढ्दै जाने र त्यसको फाईदा एमालेलाई हुने भन्दै उहाँले आगामी निर्वाचनबाट केहिपार्टीहरु हराएर जाने बताउनु भएको छ ।
एमाले पार्टी प्रत्येक नागरिकहरुको घरमा गएर एमालेको पालमा गरेको राम्रो काम र वर्तमान सरकारले गरेका नराम्रा कामको भण्डाफोर गर्ने समेत बताउनुभयो ।
आफ्नो निर्वाचन क्षेत्र भित्र सडक,पुल निर्माण,कृषि तथा पर्यटन क्षेत्रमा काम भएको भन्दै विकास गाउँगाउँबाट सुरु भएको बताउनुभयो। एमालेको सुर्य चिन्हबाटै निर्वाचनमा सहकार्य गर्ने प्रस्ताव आएपछि केहि पार्टीसँग चुनावी तालमेल समेत भएको बताउनुभयो । तर धादिङमा कुनैपनि पार्टीसँग चुनावी तालमेल नहुने र एमाले एक्लै गठबन्धन विरुद्ध लड्ने समेत उद्घोष गर्नुभयो ।फाईल तस्विर

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |