धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौं, १ वैशाख
विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।
समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपक प्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्र बहादुर शाह, सूर्य दीप रेग्मी र उद्धव राज भेटुवाल सदस्य रहेका छन् ।
साथै नवगठित निर्वाचन परिचालन समितिको बैठकले स्थानीय निर्वाचनलाई लक्षित गरि विभिन्न उपसमितिहरू गठन गरेको छ । बैठकले नारायणप्रसाद कोइरालाको संयोजकत्वमा उम्मेदवार समन्वय उपसमिति गठन गरेको छ ।
सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा घोषणापत्र मस्यौदा उपसमिति, सूर्य दीप रेग्मीको संयोजकत्वमा सामाजिक सञ्जाल उपसमिति र उद्धवराज भेटुवालको संयोजकत्वमा सञ्चार उपसमिति गठन गरिएको छ।
त्यस्तै, शोभा शाक्यको संयोजकत्वमा शुभेच्छुक समन्वय समिति, हरिप्रसाद गौतमको संयोजकत्वमा नेतृत्व भ्रमण उपसमिति, आशिष रेग्मीको संयोजकत्वमा कोष सङ्कलन उपसमिति र पार्टीको सचिवालय व्यवस्थापन प्रमुख समेत रहेका दीपकप्रसाद उप्रेतीको संयोजकत्वमा प्रशासनिक व्यवस्थापन उपसमिति गठन गरिएको छ।
पार्टीले सबै प्रदेशमा प्रादेशिक निर्वाचन परिचालन समिति समेत गठन गर्ने जनाएको छ । प्रादेशिक समितिका संयोजकहरू पनि केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य रहनेछन् ।
‘स्थानीय निर्वाचनमा सातै प्रदेशका बढिभन्दा बढी स्थानीय तहमा उम्मेदवारी दिने गरि पार्टीले तयारी थालेको छ,’ विवेकशील साझाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पार्टीका तर्फबाट उम्मेदवार भएकाहरूको सशक्त र नतिजामुखी प्रतिस्पर्धा सुनिश्चित गर्न समिति र उपसमितिहरूले काम गर्ने केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी प्रवक्ता शरदराज पाठकले जनाएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |