नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
काठमाडौं, ३० चैत
पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ ।
ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५-२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो ।
यसअघि सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६-२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४-१ ले हराएको थियो । विजेता न्युज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पार्याे । उपविजेता ललितपुरले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्याे ।
प्रतियोगितामा विधागततर्फको उत्कृष्टतामा पनि न्युज २४कै बर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक न्युज २४ का पियुषबहादुर श्रेष्ठ घोषित हु“दा विजेता टिमका सुरज महर्जन उत्कष्ट खेलाडी घोषित भए । सुरजले प्रतियोगितामा कुल १४ गोल गरे । विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद २५ सय र ट्रफी हात पारे ।
महासंघले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मिडिया कप फुटसलमा एशोसियट, प्रतिष्ठान र जिल्ला शाखा गरी १६ टीमको सहभागिता थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |