निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, ३० चैत
पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ ।

ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५-२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो ।
यसअघि सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६-२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४-१ ले हराएको थियो । विजेता न्युज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पार्याे । उपविजेता ललितपुरले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्याे ।
प्रतियोगितामा विधागततर्फको उत्कृष्टतामा पनि न्युज २४कै बर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक न्युज २४ का पियुषबहादुर श्रेष्ठ घोषित हु“दा विजेता टिमका सुरज महर्जन उत्कष्ट खेलाडी घोषित भए । सुरजले प्रतियोगितामा कुल १४ गोल गरे । विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद २५ सय र ट्रफी हात पारे ।
महासंघले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मिडिया कप फुटसलमा एशोसियट, प्रतिष्ठान र जिल्ला शाखा गरी १६ टीमको सहभागिता थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |