Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ २५, शनिबार १७ : ४७ : ५३
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

७५३ पालिका प्रमुखमा एमालेका उम्मेदवार सिफारिस,टिकटमा नवप्रवेशीलाई प्राथमिकता

४९५ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ३०, बुधबार (३ साल अघि)
७५३ पालिका प्रमुखमा एमालेका उम्मेदवार सिफारिस,टिकटमा नवप्रवेशीलाई प्राथमिकता

धादिङ,३० चैत।
प्रमुख प्रतिपक्षी एमालेले स्थानीय निर्वाचनमा नवप्रवेशीहरूलाई प्राथमिकता दिएको छ । नेपालगन्ज उपमहानगरपालिका र मोरङको रंगेली नगरपालिकाको नेतृत्वमा एमालेले नवप्रवेशीलाई अगाडि सार्ने भएको छ ।

नेपालगन्ज उपमहानगरमा दुई महिनाअघि पार्टी प्रवेश गरेका पशुपतिदयाल मिश्रलाई उम्मेदवार बनाउने एमालेको तयारी छ । नेपालगन्ज नगर कमिटीले मंगलबार मिश्रको नाम सर्वसम्मत चयन गर्दै माथिल्लो कमिटीमा पठाएको हो ।

हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट एमाले प्रवेश गरेका मिश्रलाई मेयरको टिकट दिने सहमतिसहित केपी ओलीले पार्टीमा स्वागत गरेका थिए । अघिल्लो निर्वाचनमा बाँके– २ बाट सूर्य चिह्न लिएर त्रिपाठीको स्वतन्त्र समूहका मिश्र संघीय सांसदको उम्मेदवार बनेका थिए ।

तर, पराजित भए । मिश्र प्रवेश गरेको कार्यक्रममा ओलीले तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका थुप्रै नेता–कार्यकर्ता एमाले प्रवेश गराएका थिए । नगर कमिटीको बैठकले मिश्रसँगै उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार सिफारिस गरेको छ ।

माओवादी छाडेर आएका दिलीपकुमार बगडियालाई पनि एमालेले मोरङको रंगेली नगरपालिकाको मेयरको टिकट दिने भएको छ । ०७४ को निर्वाचनमा माओवादीबाट निर्वाचित भएका बगडिया एमाले प्रवेश गरेपछि सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् । माओवादीबाटै निर्वाचित उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्षसहित सयौँ नेता–कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले २५ फागुनमा एमालेमा प्रवेश गराएका थिए ।

अन्य कतिपय पालिकाहरूमा पनि एमाले माओवादी केन्द्रसहित अन्य दलबाट प्रवेश गरेका जनप्रतिनिधि र नेता–कार्यकर्तालाई सर्वसम्मत उम्मेदवारका रूपमा अगाडि सारेको छ ।

दुई महिनादेखि सञ्चालित पार्टी प्रवेश अभियान कार्यक्रममा माओवादीबाट निर्वाचित नगरपालिकाका मेयर, उपमेयर र पालिका प्रमुखहरूसहित एक दर्जनभन्दा बढी एमाले प्रवेश गरेका छन् । बारा, पर्सा, रौतहट, बाँके, बर्दिया, मोरङलगायत तराईका जिल्लाहरूबाट माओवादी केन्द्र परित्याग गरी पार्टी प्रवेश गर्नेलाई एमालेले टिकटमा प्राथमिकतामा राखेको छ ।

माओवादी केन्द्र र नेकपा एससँग गठबन्धन नगर्ने, तर उनीहरूबाट कार्यकर्ता भिœयाएर बलियो बनेर गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्ने एमालेको चुनावसम्बन्धी प्राथमिक नीति छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले वामपन्थी पार्टीसहित अन्य पार्टीबाट प्रवेश गर्ने नेता–कार्यकर्तालाई पूर्ववत् जिम्मेवारी दिने विधानको व्यवस्था र उम्मेदवार छनोटसम्बन्धी मापदण्डलाई आधार मानेर नै नवप्रवेशीहरूलाई पनि उम्मेदवार छनोटमा प्राथमिकतामा राखिएको बताए ।

‘हाम्रो विधानमै कम्युनिस्ट आन्दोलन वा प्रजातान्त्रिक आनदोलनमा लागेर वर्षौँदेखि निरन्तर काम गर्दै एमाले रोजेर आउनेहरूको मूल्यांकन गरिने र त्यसअनुसारको जिम्मेवारी दिने व्यवस्था छ ।

त्यसैले पार्टीले उम्मेदवार सिफारिस गर्दा होस् या पार्टीमा जिम्मेवारी दिँदा उहाँहरूको विगतको इतिहास, विगतका जिम्मेवारी, कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानलगायतका सबै पक्ष हेरेर गरिन्छ,’ अधिकारीले नयाँ पत्रिकासँग भने । एमालेमा पछि जोडिए पनि कम्युनिस्ट आन्दोलनमा, प्रजातान्त्रिक आन्दोलनमा काम गर्ने व्यक्तिहरूको मूल्यांकन गरिँदै आएको उनको भनाइ छ ।

१५ चैतमा अध्यक्ष ओलीले उम्मेदवार छनोटका लागि ६ बुँदे मापदण्डसहितको सर्कुलर जारी गरेका थिए । जसमा पार्टीनीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशिता मापदण्ड तोकिएका थिए ।

सर्वसम्मत उम्मेदवारमा चयन भएका नवप्रवेशी उम्मेदवारहरूको हकमा आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता, समावेशिता, पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धताजस्ता मापदण्ड आकर्षित भएको अधिकारीले बताए ।

७५३ पालिका प्रमुखका लागि उम्मेदवार सिफारिस

यसबीच, एमालेका जिल्ला तहबाट ७५३ वटै पालिका प्रमुखका लागि उम्मेदवारको नाम सिफारिस भएको छ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका प्रमुखका लागि तल्ला कमिटीले नामहरू सिफारिस गरेका हुन् ।

चैत मसान्तभित्र जिल्ला कमिटीसमक्ष नाम सिफारिस गरिसक्नुपर्ने सर्कुलर भएअनुसार धमाधम माथिल्लो कमिटीमा उम्मेदवारकोे नाम सिफारिस भइरहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेशले, उपमहानगर र महानगर प्रमुख–प्रमुखको उम्मेदवार केन्द्रीय कमिटीबाट टुंग्याउने एमालेको तयारी छ ।

आन्तरिक चुनावमा पराजित भएका घिमिरेले छाडे पार्टी

झापाको मेची नगरपालिकाको मेयरको उम्मेदवार छनोटको आन्तरिक चुनावमा पराजित भएका एमाले जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेका छन् । आठजनाबीच उम्मेदवार छनोटका लागि भएको निर्वाचनमा संगठित सदस्यहरूले मतदान गर्दा प्रदेश सभा सदस्य गोपाल बुढाथोकीले पहिलो लोकप्रिय मत पाएका थिए । घिमिरे चौथो भएका थिए ।

‘मेयरको उम्मेदवारमा सिफारिसमै परिनँ भन्दै रुनु बेकार छ, सर्वसम्मतिका लागि कोसिस गरियो, सफल नभएपछि पार्टी सदस्यहरूले नै आन्तरिक चुनाव गर्नुभयो, त्यो प्रतिस्पर्धामा उहाँ धेरै पछि पर्नुभयो, पहिलो लोकप्रिय मत ल्याउने आकांक्षी सिफारिसमा पर्नुभएको हो,’ जिल्ला अध्यक्ष दीपक कार्कीले भने, ‘उहाँलाई कसैले घेराबन्दी गरेको होइन, तैपनि उहाँको नाम पनि समावेश गरेर जिल्ला र प्रदेशमा पनि पठाइने भनिएकै थियो, अन्तिम निर्णय भएको अवस्था पनि थिएन । भावनामा बहकिएर उहाँले हठात् पार्टी नै त्याग्नुभएछ ।’

एमालेले झापाका अधिकांश स्थानीय तहमा आन्तरिक प्रतिस्पर्धाको विधिबाट उम्मेदवार छनोटका लागि सिफारिस प्रक्रिया अगाडि बढाएको छ । प्रतिस्पर्धाद्वारा छनोटमा नपरेपछि मंगलबार मेची नगरमा पत्रकार सम्मेलन गर्दै उनले सहकर्मीहरूले आफूमाथि अन्याय गरेकाले स्वतन्त्र जीवन जिउनका लागि पार्टी परित्याग गर्ने निष्कर्षमा पुगेको बताएका थिए ।

‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरेँ, निरन्तर रूपमा एमालेको इमानदार कार्यकर्ताका रूपमा काम गरेँ, तर पार्टीका केही नेताले मेरो अवमूल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरे,’ पत्रकार सम्मेलनमा आँसु खसाल्दै भने, ‘मलाई पार्टीका नेताहरूले रुहाउँदै–रुहाउँदै निष्कासन गरे, म आफैँ निस्किएको होइन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’

अध्यक्ष कार्कीले भने गठबन्धनबाट उपाध्यक्षको उम्मेदवार बन्ने आश्वासन पाएपछि घिमिरेले पार्टी परित्यागको निर्णय गरेको आफूले जानकारी पाएको बताए । –यो खबर आजको नयाँ पत्रिका दैनिकमा रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

    मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

  • धुनिबेशीमा पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण

    धुनिबेशीमा पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण

  • ‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’

    ‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’

  • समाचार
    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

    मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

    मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

    धुनिबेशीमा पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण

    धुनिबेशीमा पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण

    ‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’

    ‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0