धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
काठमाडौं, २९ चैत
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् ।
नयाँ वर्षको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी युनियनले गरेको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै निर्णय र निर्देशन अवज्ञा गरेर केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको बताए ।
स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने र आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न स्थानीय तहलाई भनिएको भए पनि अहिले केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको भन्दै उनले आपत्ति जनाए । संयम र धर्यताकासाथ अघि बढ्न कांग्रेस नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।
नेता कोइरालाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णप्रति पनि आपत्ति जनाए । देशको अर्थतन्त्र ओरालो लागेका बेला गभर्नर निलम्बनले झन् ओरालो लाग्ने उनको भनाइ छ ।
विश्व बैंक, एसियाली विकास बैंक जस्ता वित्तीय संस्थाले नेपालको अर्थतन्त्र र गतिविधिलाई हेरिरहेको हुने भन्दै उनले भने, ‘अर्थतन्त्र ओरालो लागेका बेलामा गभर्नरसँग तालमेल मिलेन भनेर, गभर्नरले आफ्नो कुरा सुनेन भनेर निलम्बन गर्नु एकदम गैरजिम्मेवार हो ।’
कांग्रेस नेताद्वय गोविन्दराज पोखरेल र मिनेन्द्र रिजालले पनि गभर्नर अधिकारीको निलम्बनप्रति आपत्ति जनाए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |