Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २०, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

प्रचण्ड र माधव नेपालको गृहनगरमा कांग्रेसको स्थानीय तह गठबन्धनको विपक्षमा

४६७ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २९, मंगलबार (३ साल अघि)
प्रचण्ड र माधव नेपालको गृहनगरमा कांग्रेसको स्थानीय तह गठबन्धनको विपक्षमा

काठमाडौं, २९ चैत 

सत्तारुढ राजनीतिक दलबीच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णयविरुद्ध चितवनको भरतपुर महानगरपालिकापछि चन्द्रपुर नगरपालिका रौतहट पनि सोही निर्णयमा पुगेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुर महानगरपालिका कांग्रेसका स्थानीय तहका नेता विपक्षमा उभिएको सार्वजनिक भइरहेको बेला नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहट, चन्द्रपुर पनि गठबन्धनको विपक्षमा उभिएको हो ।

‘चन्द्रपुर नगर कमिटीको बैठकले गठबन्धन नगरिक नै कांग्रेस एक्लैले स्थानीय तह निर्वाचन जित्ने निष्कर्षका साथ निर्णय गरिसकेको छ,’ चन्द्रपुर नगर सभापति मुकेश गिरीले  भने, ‘कांग्रेस केन्द्रीय कार्यालयले पनि आवश्यकताका आधारमा स्थानीय तहले गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय लिन सक्छन् भन्ने निर्देशन दिएको थियो, त्यही आधारलाई टेकेर चन्द्रपुरमा गठबन्धन नै नगरी कांग्रेसले निर्वाचन जित्न सक्छ भनेर सो निर्णयमा पुगेका हौं ।’

उनका अनुसार सोही निर्णयबमोजिम चन्द्रपुरमा कांग्रेस एक्लै निर्वाचनमा जाने भनेर सोमबार उम्मेदवारको नाम दर्ता गराउन लगाउने काम सम्पन्न भइसकेको छ ।

सोही निर्णयलगत्तै आंकाक्षीहरूलाई चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयरका लागि एक दर्जनभन्दा बढी आंकक्षीहरूले पार्टीभित्र उम्मेदवारी दर्तासमेत गराइसकेका छन् । उनका अनुसार गिरीसहित सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजयकुमार साह, सपुतबहादुर कार्की, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले, तारा सापकोटाले मेयरका लागि कांग्रेसको आन्तरिक कमिटीमा उम्मेदवारी दर्ता गराएको गौतमले जानकारी दिए ।

नेकपा एसका अध्यक्ष नेपाल चन्द्रपुर–४ का बासिन्दासमेत हुन् । सोही क्षेत्रवाट २०५६ मा प्रतिनिधिसभामा विजयी भएका नेपाल २०६४ को संविधानसभामा भने नेकपा माओवादीका देवेन्द्र पट्टेलबाट पराजित भएका थिए । चन्द्रपुर–४ मा नेकपा एसका अध्यक्ष नेपालको निवास पनि छ।
उता, भरतपुर उपमहागरनगरपालिका कमिटीका सभापति चित्रसेन अधिकारीको नेतृत्वमा काठमाडौंमा आई गठबन्धन नगर्न र कांग्रेसलाई एक्लै निर्वाचन होमाउनु पर्ने माग राख्दै डेलिगेसन आएर फर्केलगत्तै २८ चैतसम्म मेयरका लागि भरतपुर उपमहानगरपालिका लागि ३५ जनाले दावी गरेका छन् ।

सभापति अधिकारीका अनुसार २८ चैतसम्म महानगरपालिका समितिमा मेयरका लागि नाम दर्ता गराउनेहरू केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, बागमती प्रदेशका कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी, निलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरूङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले मनोनयन दर्ता गरिसकेका छन् ।

सभापति शेरबहादुर देउवा भरतपुर महानगरपालिका पुनः माओवादीलाई दिन सकारात्मक भए पनि सभापतिका प्रत्यासी शेखर कोइराला समूह भने गठबन्धनको विपक्षमा छन् ।

कोइरालाले सभापति अधिकारीको टोलीसँग भरतपुरमा कांग्रेसलाई एक्लै लड्ने बनाउन पहलकदमी गर्ने प्रतिवद्धता जनाउँदै चितवन कांग्रेस टोलीलाई फर्काएको थियो । चितवन कांग्रेसले पनि भरतपुरबाहेक अन्यमा गठबन्धन गरेर जाने, तर भरतपुर नछाड्ने निर्णय यसअघि नै गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

  • समाचार
    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0