निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, २८ चैत
नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको छ ।
‘विभिन्न सञ्चार माध्यम मार्फत कोइरालाले दिनुभएको अभिव्यक्ति अनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकोले त्यसप्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यस विषयमा के कसो भएको हो सात दिन भित्र आयोगमा जवाफ पठाउन आयोगले ध्यानाकर्षण गराएको छ ।’
केही दिनअघि कोइरालाले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको बताएका थिए । त्यसपछि उनी विवादमा तानिएका थिए ।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।
उक्त प्रतिनिधि सभा निर्वाचनमा कोइराला नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।
निर्वाचित भएपछि उनले आयोगमा पेश गरेको आफ्नो निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको प्रवक्ता पौडेलले जनाए।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |