नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
काठमाडौं, २५ चैत
प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् ।
पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१-१५ र २१-१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१-१३ र २१-१३ ले हराइन् ।
यु–१७ पुरुष सिंगल्स फाइनलमा क्षितिज खनालले विवेक चौधरीलाई २०-२२, २१-१० र २१-८ ले पाखा लगाउदै पहिलो भए । सो स्पर्धाको महिलामा रोज पाण्डे पहिलो बनिन् । रोजले फाइनलमा सानिया चन्दको चुनौती २१–७ र २१–९ ले पन्छाइन् ।.
पुरुष डबल्स एक्सिक्युटिभ फाइनलमा विधान अधिकारी र विशाल खड्काको जोडीले प्रविन लिङतेब र सुरोज महर्जनको जोडीलाई ३१–२९ र २१–१६ ले पन्छ्याउदै शीर्ष स्थान हात पारे । मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा विशाल हिराचन र शम्भु श्रेष्ठको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा पूर्णहरि होना र सञ्जय कपालीको जोडीलाई १७–२१, २२–२० र २१–११ को सेटमा हराए ।
बुद्धि चौधरी र कमल थापाको जोडीले पूर्णचन्द्र जोशी र उमेश केसीको जोडीलाई फाइनलमा २१–१५ र २१–१५ को सोझो सेटमा पाखा लगाउदै मास्टर्स ५५ वर्षमाथि च्याम्पियन बने ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |