Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २८, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

चुनावको मुखमा गृह जिल्लामा प्रचण्ड रणनीति : धमाधम शिलान्यासदेखि लालपुर्जा वितरणसम्म

५९८ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २३, बुधबार (३ साल अघि)
चुनावको मुखमा गृह जिल्लामा प्रचण्ड रणनीति : धमाधम शिलान्यासदेखि लालपुर्जा वितरणसम्म

चितवन, २३ चैत

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका-२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन आउँदै छन् ।

लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन प्रचण्डले लालपुर्जा बाँड्दै छन् । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । भरतपुर-२ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यहाँबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेल संघीय सांसदमा निर्वाचित भएका हुन् ।

चुनावमा मुखमा योजनाको धमाधम शिलान्यास, उद्घाटन गर्ने र लालपुर्जा बाँड्ने कार्यलाई मतदातालाई आकर्षित गर्ने रणनीतिका रुपमा लिइएको छ ।

स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने भनिएपनि भरतपुर महानगरमा त्यति सहज देखिँदैन । महानगरको मेयरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ-आफ्नो दाबी गर्दै आएका छन् ।

नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चुनावको मुखमा प्रचण्डले चुनावी स्टन्ट देखाउने काम मात्रै गरेको भन्दै यसलाई जनताले राम्रोसँग बुझेको बताए ।

‘निर्वाचनलाई प्रभावित पार्नेगरी महानगरपालिकामार्फत जुन ढंगले प्रयत्न भएको छ । जनतालाई भ्रममा पार्ने प्रयत्न भएको छ,’ उनले भने, ‘पाँच वर्षमा महानगरमा के काम भयो ? सबै बजेट आफू मातहत राखेर आफ्ना आसेपासेलाई मात्रै बाँड्ने काम भयो । फोहोर व्यवस्थापनको समस्या ज्युकात्यु छन् । प्रचण्ड आफैँले शिलान्यस गरेको आयोजना अलपत्र परेका छन् ।’

भरतपुरमा देशकै नमुना काम भएको बताउने प्रचण्ड मतदातालाई प्रभावित पार्न विकास निर्माणका कामलाई नै अस्त्र बनाउने सोँचमा देखिएको प्रतिपक्षी दल एमालेको आरोप छ । माओवादी केन्द्रले मेयरमा पुनः दावी गर्नुको कारण पनि विकास नै रहेको छ । यद्यपी भरतपुरमा सडक कालोपत्रेबाहेक अन्य पूर्वाधार निर्माणमा ढिलासुस्ती हुँदै आएको छ ।

निर्वाचन आचारसंहिता लागू भएपछि योजनाको शिलान्यास तथा उद्घाटन गर्न नपाइने भएकाले पनि प्रचण्डले अहिले नै धमाधम शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने घोषणा गरेपछि प्रचण्ड १० चैतमा पहिलो पटक चितवन आए । भरतपुर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भरतपुर महानगरमा चुनावी तालमेलको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने प्रतिक्रिया दिएका थिए ।

भरतपुर महानगरको मेयरमा आफ्नी छोरी रेनु दाहाललाई पुनः उठाउने उनको आकांक्षा छ । त्यसकै लागि पनि चितवनका कांग्रेसीले नमान्दा नमान्दै उनले केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णय गराए । कांग्रेसले फेरि पनि आफ्नी छोरीलाई मेयरमा जिताउन सहयोग गरोस् भन्ने उनी चाहन्छन् ।

प्रचण्ड १० चैतमा आफ्नो निर्वाचन क्षेत्रका पाँच कार्यक्रममा सहभागी भए । चितवन आएकै दिन माडी पुगेका उनले माडी-२ मा निर्माण सम्पन्न भएको चिरौली सडकको उद्घाटन गरे । त्यसपछि माडीकै परुई खोलाको पुल र कुसुमखोलाका चेपाङ समुदायलाई निर्माण गरिदिएको चेपाङ नमुना वस्तीको उद्घाटन गरे ।

माडीका सहिद निलकण्ठ सुवेदीको घरमा उनले खाना खाए । उनले माडीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रशिक्षण दिए भने केहीलाई पार्टी प्रवेश पनि गराए । त्यसपछि उनले भरतपुर शारदानगरमा आयोजित महिला फुटबल लिगको उद्घाटन गरे ।

यहाँ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारको दायित्वभित्र आएको भन्दै रंगशालाको काम अघि बढाउन आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसदिन प्रचण्ड आफ्नै छोरीको निवासमा बास बसे ।

भोलिपल्ट ११ चैत मा भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गरे । ९४ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको उद्घाटनका क्रममा उनले महानगरमा धेरै विकास भएको बताए ।

आफ्नी छोरीको प्रशंसा गर्दै उनले मेयरमा महानगर र महानगरबासी प्रति सँधै सकरात्मक सोच मात्रै भेटेको बताए । विकासका हिसाबले भरतपुर महानगरलाई विदेशीले समेत विशिष्ट महानगरको रुपमा चित्रण गरेको उनले दाबी गरे ।

सोही दिन माओवादी केन्द्र जिल्ला समन्वय समितिको प्रथम विस्तारित बैठकलाई उनले सम्बोधन गरे । दुई दिन विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्र्किएका प्रचण्ड १६ चैत माा पुनः चितवन आए ।

उनले स्थानीयको विरोधबीच पूर्वी चितवनको राप्तीमा निर्माण गरिएको विद्युत सबस्टेशनको उद्घाटन गरे । बस्ती क्षेत्रमा सबस्टेशन निर्माण गरिएको भन्दै स्थानीयले भने विरोध गरिरहेका छन् ।

त्यसपछि उनले संघीय सरकारको बजेटमा बनाउन लागिएको नारायणी तटबन्धको शिलान्यास गरे । झण्डै पाँच अर्ब लागतमा बन्न लागेको २३ किमी तटबन्धको प्रचण्डले भरतपुर–२६ स्थित शिसुवारमा शिलान्यास गरेका हुन् ।

त्यस्तै, उनले महानगरको रिङरोड अन्तर्गतको पश्चिम खण्डको सडकको शिलान्यास गरे । पटिहानीमा निर्माण गरिएको बहुउद्देश्यिय कबर्ड हलको पनि उनले उद्घाटन गरे । माओवादी केन्द्रले १६ चैतदेखि ‘गाउँ नगर घर–घर जाउँ, माओवादी केन्द्र जिताउँ’ को नारा लिएर ९८ वटै वडामा चुनावी प्रचारप्रसार थालेको छ ।

कांग्रेस चितवन सभापति भन्छन्- चुनावकाे मुखमा शिलान्यास र उद्घाटन नगर्नु नै ठिक

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि चुनावको मुखमा शिलान्यास र उद्घाटन नगर्नु नै ठिक हुने प्रतिक्रिया दिएका छन् । ‘गठबन्धनका नेताको के धेरै विरोध गर्नु । उहाँ आफैले बुझ्नुपर्ने कुरा हो,’ उनी भन्छन्, ‘निर्वाचन आइसकेको छ । त्यस्तो नगर्दा राम्रो हुने थियो।’

चितवन आउँदै गर्दा माओवादी केन्द्रको अध्यक्ष मात्र नभएर गठबन्धनका नेताका रुपमा आएको जसरी आफ्ना विचार र अभिव्यक्ति राख्न उनले प्रचण्डलाई आग्रह गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0