नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
काठमाडौं, २० चैत
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको राष्ट्रिय महिला लिग मोफसलमा सञ्चालन गरिरहेको छ । यसअघि एक हप्ते लिग हुँदै डबल राउन्ड रोबिनको आधारमा पहिलो पटक सञ्चालन भएको महिला लिग काठमाडौंमा समापन भएको थियो ।
दोस्रो संस्करणको डबल राउन्ड रोबिन लिग मोफसलमा लगेको एन्फाले पहिलो चितवनको शारदानगरमा र दोस्रो चरण विराटनगरको सहिद रंगशालामा आयोजना गर्दैछ । यसपटक लिगमा विभागीय तीन टोलीसहित विभिन्न स्थानीय टोली गरी आठ टोली छन् ।
शारदानगरमा जारी लिगमा चौथो चरणका खेल चलिरहेका छन् । दुई दिनमा एक राउन्ड सकिने तालिका छ । एक दिन विश्राम दिन रहेको छ ।
जारी लिगमा चार खेलमा सतप्रतिशत जित निकालेको सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब १२ अंकसहित शीर्षस्थानमा छ । चार खेलमा १९ गोल गरेर दुई गोल मात्रै बेहोरेको एपीएफ लगातार लिग जित्ने योजनामा छ । उसले चौथो चरणबाटै तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको धनगढी उपमहानगरपालिकाको नौ अंक मात्रै छ । धनगढीले समेत चार खेल खेलिसकेको छ । यता, तीन खेल खेलेको पुलिस क्लबको ६ अंक छ । उसको जितले पनि नाै अंक मात्रै रहने छ ।
त्यसैले चौथो चरणबाटै एपीएफले लिग उपाधि योजनामा स्पष्ट तीन अंकको अग्रता बनाएको छ ।
राष्ट्रिय टोलीका अधिकांश खेलाडी जम्मा गरेको एपीएफ साविक लिग विजेतासमेत हो । उसले अघिल्लो लिगमा समेत दुई खेलअघि नै उपाधि आफ्नो नियन्त्रणमा राखेको थियो । गत सिजन लिगको अन्तिम दुई खेल खेल्दा घुँडाको चोट बोकेकी सावित्रा भण्डारी (साम्बा) रिकवरी हुँदै मैदान फर्कनु उसको लागि खुसीको कुरा हो ।
अघिल्ला तीन खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी सावित्राले चौथो खेलमा चन्द्रपुर नगरपालिकाविरुद्ध भने सुरुआती एघारमा खेल्दै ह्याट्रिक पूरा गरिन् । त्यसअघि सावित्राले वालिङ नगरपालिकाविरुद्ध ४६ मिनेटमा मैदान प्रवेश गर्दै एक्लै चार गोल गरेकी थिइन् । यसपटक चार खेलमा उनको नौ गोल पुगिसकेको छ । गत वर्ष उनले लिगमा चोटअघि नै सर्वाधिक ४३ गोल गरेकी थिईन् ।
यसैपटक राष्ट्रिय लिगमा छनोट भएको धनगढी दोस्रो स्थानमा रहँदा एक खेल कम खेलको पुलिस एक हार र दुई जितसहित ६ अंक बनाएर तेस्रो स्थानमा छ । दुई हार र दुई जित निकालेको त्रिभुवन आर्मी फुटबल क्लब ६ अंकसहित चौथो स्थानमा छ । विराटनगर महानगरपालिका चार अंकसहित पाँचौ स्थानमा छ भने नयाँ टोली ललितपुर महानगरपालिका तीन खेलबाट तीन अंकसहित छैटौं स्थानमा छ ।
चन्द्रपुर नगरपालिका एक अंकसहित सातौ स्थानमा र वालिङ विना कुनै अंक पुछारमा छ । जारी लिगका लागि एन्फाले विदेशी खेलाडी हकमा चार खेलाडी स्विकृति दिए पनि विराटनगरले दुई भारतीय खेलाडी भित्र्याउनुबाहेक अन्य टोलीले विदेशी खेलाडी अनुबन्धन गरेका छैनन् ।
Photo: ANFA

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |