निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, २० चैत

एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरिएको र एमालेलाई विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीले जिकिर गरेका छन् । रिटमा विपक्षी बनाइएका निर्वाचन आयोगले पनि गैरकानुनी रूपमा दल दर्ता गरेको पनि रिटमा भनिएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले २५ साउनमा नेपाल, झलनाथ खनालसहितका सांसदहरूलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्राचार गरेको थियो ।
सोहीकारण उनीहरू २७ वैशाखमा ओलीले विश्वासको मत लिँदा उनीहरू अनुपस्थित भए । पार्टी संसदीय दलको निर्देशनविपरीत विश्वासको मत दिन अनुपस्थित भएको भन्दै उनीहरूलाई कारबाही गरी पदमुक्तका लागि संसद् सचिवालयमा पत्राचार गरेका थिए ।
तर, सभामुख सापकोटाले पदमुक्त गर्न गरेको पत्राचारलाई बेवास्ता गर्दै नेपाललाई दल दर्ताका लागि अनुकूल राजनीतिक वातावरण बनाइदिएका थिए ।
सोहीअनुसार नेपालले ९ भदौमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भयो । पछि मात्र सभामुख सापकोटाले दल दर्ता भइसकेकाले आवश्यक कारबाही गरिरहनु परेन भन्दै सूचना टाँस गरेका थिए । यसविरुद्ध ओली सर्वोच्च १७ भदौमा पुगेका हुन् ।
यसअघि २२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले ओलीको रिटमा मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |