धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
इलाम, २० चैत
नेपालमा चिया खेती र चिया उद्योग विकासको लागि चीनको कलेजले नेपाली चिया उद्योगीलाई तालिम दिएको छ । चीनको सिन्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले अनलाइनमार्फत तालिम गराएको हो ।
१९ दिनसम्म चलेको तालिममा नेपालका विभिन्न जिल्लाका चिया उद्यमी सहभागी थिए । अनलाइनमार्फत तालिममा सहभागी उद्यमीलाई शनिवार ‘टी मास्टर’ को प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रमाणपत्र वितरण कार्यक्रममा सहभागीले चिनियाँ कलेजले दिएको तालिम चियाको विकासमा फलदायी हुने अपेक्षा गरे । कार्यक्रममा सूर्योदय टी एसोसिएसनका गोपाल कट्टेल, चिया तथा कफी विकास बोर्डका प्रेम विष्ट, इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा। योगेन्द्रमान श्रेष्ठ, इटालीबाट प्रोफेसर लिभियो जनेनी, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । सिन्जाओ कलेजका प्रोफेसर डिन चाई सिवेन र अध्यक्ष लिको भिडियो म्यासेज स्क्रिनमा देखाइएको थियो ।
विदेशी अतिथिले जुममार्फत कार्यक्रममा सहभागी भएका थिए । तालिम बिआरआई परियोजनाअन्तर्गत आयोजना भएको हो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |