निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, १९ चैत ।

नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको संख्या १७६ पुगेको छ ।
कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र बेलिजको तर्फबाट राष्ट्रसंघका लागि बेलिजका स्थायी प्रतिनिधि तथा राजदूत कार्लोस सी. फुलरले हस्ताक्षर गरेका थिए ।
अमेरिकाको न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक स्थापन सम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो ।
दुवै देशका राजदूतले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बारेमा जानकारी समेत गराएको नेपाली स्थायी नियोगले जनाएको छ ।
बेलिज एक क्यारिबियन देश हो । बेलिज सन् १९८१ सेप्टेम्बर २१ मा बेलायतबाट स्वतन्त्र भएको थियो । सन् १९७३ भन्दा अघि बेलिजलाई ब्रिटिश होन्डुरस भनेर चिनिन्थ्यो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |