निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडाैं, १६ चैत

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएकाे बताएका छन् ।
आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलकाे माेडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने बताए । कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेकाे थियाे ।
‘संसदमा कांग्रेसकाे उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसकाे नेतृत्वमा सरकार निर्माण भयाे । यी सबै कुराकाे ख्याल राख्नुपर्छ । गठबन्धनको औचित्य बाँकी नै छ । वास्तविक धरातमा उभिन अनुराेध गर्दछु,’ तालमेलकाे विपक्षमा रहेका नेताहरुप्रति लक्षित गर्दै उनले भने।
अब मतदाताले पनि चुनावमा लेखाजाेखा गर्ने बेला आएकाे उनले बताए । ‘देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ,’ सिंहले भने ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |