Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण २, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

देउवाले पेलेरै गठबन्धनबारे निर्णय गर्न सक्लान् ?

५७१ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (३ साल अघि)
देउवाले पेलेरै गठबन्धनबारे निर्णय गर्न सक्लान् ?

काठमाडौं, १४ फागुन

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । शुक्रबारबाट बसिरहेको बैठक सोमबार सकिने अपेक्षा गरिएको थियो । तर, बैठक फेरि एक दिन लम्बिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आज ३ बजे बस्ने बैठक गठबन्धनबारे निर्णयमा पुग्ने जनाएका छन् । कांग्रेसको जारी बैठकमा गठबन्धनको पक्ष र विपक्षमा कांग्रेसका केन्द्रीय नेताहरु विभाजित भएका छन् । कांग्रेसको मुख्य प्रतिस्पर्धा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग हुने प्रारम्भिक अनुमानहरु भइरहँदा सत्ता गठबन्धनका दलहरुबीच चुनावी गठबन्धन गरेर उसलाई ‘साइज’ मा ल्याउनु पर्ने मत पनि बलियो छ ।

कांग्रेसको जारी बैठकमा नेताहरुले गठबन्धनको पक्ष र विपक्षमा विभाजित हुँदा मंगलबारको बैठकबाट कस्तो निर्णय आउँछ भन्ने विषयलाई प्रमुख राजनीतिक दलहरुले चासो पूर्वक हेरिरहेका छन् । कांग्रेसले गर्ने निर्णयले समग्र स्थानीय तहको नतिजामा फरक पर्ने आकलन गरिएको छ ।

देउवालाई छैन सहज

नेकपा मा‌ओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको साथ पाएर गत प्रतिनिधि सभा निर्वाचनमा कमजोर सिट संख्याका बाबजुद पनि प्रधानमन्त्रीको कुर्सी ‘चिट्ठा’ मा पाएका कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय हुँदै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गर्नु पर्ने पक्षमा छन् । तर, उनी पक्षकै कतिपय नेता र सभापतिमा उनीसँग पराजित शेखर कोइराला पक्ष भने गठबन्धनको विपक्षमा रहेको छ ।  यसले गर्दा गठबन्धन गर्ने देउवाको चाहना सहजै बैठकबाट अनुमोदन हुने सम्भावना भने न्यून देखिएको छ ।

बैठकमा देउवा पक्षका नेताहरु गठबन्धनको पक्षमा देखिएका छन् भने इतरपक्षले गठबन्धनको बिरोध गरिरहेको छ ।
नेता शेखर कोइरालाले सोमबारको बैठकमा केन्द्रबाट गठबन्धन लाद्न नमिल्ने तर्क गरे । ‘गठबन्धन माथिबाट गर्ने तर, तलका आफ्नै कार्यकतालाई एकता गर्न सकिएन भने के अवस्था हुन्छ? हामीले त्यतातिर ध्यान दिनु जरूरी छ। केन्द्रबाट गठबन्धन लाद्‌ने कुरा नगरौं’ बैठकमा उनले भनेका थिए । कोइरालाले सभापति देउवामा माओवादी मोह देखिएको र यसले गर्दा गठबन्धन लाद्न खोजिएको आरोप लगाएका थिए ।

देउवाले आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र लेखको जिम्मेवारी दिएका गगन थापासमेत गठबन्धनको विपक्षमा उभिएका छन्। थापाले चुनावमा गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने बताएका छन्। आफू गठबन्धनको विपक्षमा रहेको उनले स्पष्ट पारेका छन्। उनले रुखमा मतदान गर्ने कार्यकर्तालाई हँसिया-हथौडा र कलममा मतदान गर्न भन्न नसक्ने बताएका थिए । यसरी रुख बाहेकमा भोट हाल्न कार्यकर्तालाई बाध्य पारिँदा भविष्यमा रुखमै भोट हाल्ने ग्यारेन्टी के हुन्छ भन्दै उनले प्रश्न गरेका थिए । तर अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने आवश्यकताको आधारमा गठबन्धन गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

कांग्रेसका सात मध्य पाँच प्रदेश प्रमुखहरुले समेत मतदाता गठबन्धनको विपक्षमा रहेको ‘ग्राउण्ड रियालिटी’ बारे यसअघि नै ब्रिफिङ गरिसकेका छन् । अधिकांश नेता कार्यकर्ता गठबन्धनको विपक्षमा हुँदा देउवा एक्लैले गठबन्धनको पक्षमा निर्णय गराउँदा यसले कांग्रेसमा मात्र नभइ यदी गठबन्धन भएमा पक्षमा दिइने मतमा समेत प्रभाव पार्ने कतिपयको आकलन छ ।

प्रधानमन्त्री बन्ने बेलैमा गठबन्धनको सहमति ?

सभापति देउवाका ‘किचन क्याबिने’ समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन गर्नु पर्ने बाध्यताबारे बैठकमा सुनाएका थिए । उनले सत्ता गठबन्धन बन्ने बेलैमा चुनावसम्म गठबन्धन गर्नेबारे सहमति भइसकेको भन्दै गठबन्धनलाई निरन्तरता दिनु पर्ने बताएका थिए ।

सत्ता गठबन्धन बन्ने बेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेकाले पनि अहिले त्यसबारेमा झगडा गर्न आवश्यक नभएको उनको भनाइ छ । ‘यो सत्ता गठबन्धन हुनेबेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेको थियो । त्यसैले अहिले गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा नगरौं ।’ उनले शक्तिकेन्द्रहरूले कम्युनिस्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको भन्दै त्यसलाई रोक्न पनि गठबन्धनको विकल्प नभएको बताएका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले  निर्वाचनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने तर्क गरेका छन् । उनले  नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मत दिएर भए पनि एमालेलाई ‘साइज’मा ल्याउनु पर्ने बताएका हुन् ।
प्रवक्ता महतले भने पार्टीमा फरक मत आए पनि आवश्यकताका आधारमा चुनावी गठबन्धन गरिने दाबी गरे ।
प्रवक्ता महतले भने, ‘आजसम्म सबैले धारणा राख्ने क्रम सकियो । अधिकांश नेताहरूले गठबन्धन गरेरै चुनावमा जानुपर्ने सुझाव दिनुभएको छ। बैठकमा केही फरक मत आएका छन् । तर धेरै जना साथीहरूको धारणालाई ध्यानमा राख्दै आवश्यकताको आधारमा गठबन्धन गरेर जाने निर्णय हुन्छ ।’

माओवादी र समाजवादीलाई चासो

कांग्रेस बैठकले गर्ने निर्णयमाथि माओवादी केन्द्र र समाजवादीले चासो राखिरहेका छन् । कांग्रेसले गर्ने निर्णयले स्थानीय तहमा आफूहरुको उपस्थितिको ‘साइज’ मा फरक पर्ने आकल गरेका ति दलले कांग्रेसले गर्ने निर्णयले समग्र मत परिणाममा असर गर्ने जनाइरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनावी गठबन्धन प्रतिनिधि सभाको चुनावसम्मै रहने बताइरहेका छन् ।

एकीकृत समाजवादीका नेताहरुले कांग्रेसले गठबन्धनको पक्षमा निर्णय गर्ने अपेक्षा गरेका छन् । एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले औपचारिक निर्णय नभए पनि पक्षमा नै निर्णय हुने विश्वास व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

    केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

  • धादिङमा वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न, उत्कृष्ट वन उपभोक्ता समूह सम्मानित

    धादिङमा वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न, उत्कृष्ट वन उपभोक्ता समूह सम्मानित

  • सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

    सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

  • कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

    कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

  • समाचार
    केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

    केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

    धादिङमा वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न, उत्कृष्ट वन उपभोक्ता समूह सम्मानित

    धादिङमा वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न, उत्कृष्ट वन उपभोक्ता समूह सम्मानित

    सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

    सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

    कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

    कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0