निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
चितवन, ११ चैत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् ।
विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकालाई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।
‘तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो । यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने गरिन्छ । विकासले तिब्रता पाएको छ,’ प्रचण्डले भने ।
देशलाई नै भरतपुर महानगरपालिकाले एउटा रोडम्याप दिइरहेको उनको भनाइ छ । चितवनले दुई पटक देशलाई नेतृत्व गर्ने प्रधानमन्त्री दिएको भन्दै उनले भने, ‘विभिन्न चुनौतिहरूको बीचबाट त्यसबाट नेतृत्व गर्ने अवसर मलाई भयो । म यहाँको जनप्रतिनिधि भएकाले विकास परियोजनालाई तिब्रताका साथ अगाडि बढाईएको छ ।’
भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न समेत संकोच मानेकाे उनले जनाए । भरतपुरको विकासप्रति चिन्ताभन्दा पनि चुनाव लागेको उनको भनाइ छ । यस क्षेत्रमा भएको विकासलाई भन्न सक्नुपर्नेमा उनीहरूले चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाए ।
फाईल तस्विर


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |