तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
भैरहवा, ११ चैत
रुपन्देही क्षयरोगीको उच्च जोखिम जिल्लाको रुपमा पाइएको छ । खुला सीमानाका र सीमापारीबाट पनि क्षयरोगका बिरामी उपचारका लागि नेपाल आउने गरेको कारण जिल्लाको तथ्यांक बढी देखिने गरेको छ । अन्य जिल्लाभन्दा यहाँ विरामीको संख्या पनि बढी छ ।
सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाए पनि बिरामी संख्या घटेको छैन ।
६ महिनादेखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ । क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती छ । नेपालमा मृत्युको १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा छ ।
चालु आर्थिक वर्षको ८ महिनामा रुपन्देहीमा मात्रै ९ सय ९२ जना नयाँ क्षयरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन मसान्तसम्म फेला परेका ९ सय ९२ जना मध्ये ६ सय ७ जना पुरुष, ३ सय ८५ जना महिला र ५१ जना बालबालिका रहेका छन् । गत वर्ष जिल्लामा १ हजार २ सय ४१ जना क्षयरोगी फेला परेका थिए । जिल्लाका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग स्राेत व्यक्ति हुमप्रसाद खनालका अनुसार बुटवल उपमहानगरमा २ सय ३४ जना क्षयरोगी फेला परेका छन् ।तिलोत्तमा नगरपालिकामा १ सय ३७ सिद्धार्थनगर नगरपालिकामा ९०, देवदहमा ९३, सैनामैनामा ६५ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८७ जना क्षयरोगका बिरामी फेला परेको जनाए ।
ओमसतिया गाउँपालिकामा ३५, रोहिणी गाउँपालिकामा ३८, कन्चनमा ४१, गैडहवामा ३१, शुद्धोधनमा २५, सियारीमा ३२, मायादेवीमा ४८, सम्मरीमाईमा ३८, मर्चवारीमा २३ र सबै भन्दा कम बिरामी कोटहीमाई गाउँपालिकामा १७ जना फेला परेका छन् ।
रुपन्देहीमा गत वर्ष क्षयरोगबाट २१ जनाको ज्यान गएको थियो भने चालु वर्षको समयावधिमा मात्रै २८ जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।
सरकारले सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निर्मूल गर्ने लक्ष्य राखे पनि खुला सीमाका कारण भारतसित जोडिएर रहेका तराईका जिल्लामा चुनौती देखिएको छ । क्षयरोगको उपचारको लागी रुपन्देहीमा ९२ वटा डट्स सेन्टर, १४ वटा शहरी डट्स केन्द्र, यस्तै रोग पहिचानका लागि ३२ वटा माईक्रोस्पिक केन्द्र, २ वटा जेनएक्सपर्ट केन्द्र रहेका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले उपचार गराउने तर बीचमै छाडने, भारतीय नेपालमा आएर उपचार गराउने, नियमित रुपमा औषधिसमेत सेवन नगरेको कारण नियन्त्रणमा कठिनाई आइरहेको बताए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |