नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
काठमाण्डौ,१० चैत।
वाग्मती प्रदेशमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । वाग्मती प्रदेशका काठमाण्डौ उपत्यकासहित चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्ड फ्लु देखिएको वाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिनुभयो ।
माघ १६ गतेदेखि बर्ड फ्लु सङ्क्रमण देखिएको ६ जिल्लामा तीन करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ।वाग्मतीका ६ जिल्ला बाहेक मोरङ, सुनसरी, उदयपुर, कास्की, पर्सालगायतका जिल्लामा पनि बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमा रहेको छ ।
सङ्क्रमण देखिएका ठाउँमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमुना सङ्कलन र निगरानी भइरहेको समेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो । उहाँले किसानलाई सतर्क रहन आग्रह गर्नुभएको छ । साथै क्षति बेहोरेका किसानलाई सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |