धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङको नीलकण्ठ–४ बैकुण्ठपुरी स्थित आमाको माया छात्राबासमा संस्कृत विद्यालय तथा अध्ययन केन्द्र र मातापिता मन्दिर उद्घाटन गरिएको छ। शनिबार एक कार्यक्रमको बिच प्रदेश सांसद डा.राजाराम कार्कीले नवनिर्मित अध्ययन केन्द्रको चर्चा परिचर्चा एवं मातापिता मन्दिर र संस्कार शिक्षालयको शुभारम्भ गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा.कार्कीले नेपालमा अधिकांश हिन्दु धर्मालम्बीहरु रहेको हुनाले हिन्दु धर्मप्रति आस्था राख्ने नागरिकहरुलाई हिन्दु राष्ट्र बनाउनको निम्ति लाग्न आग्रह गर्नुभएको थियो ।त्यस्तै आमाको माया छावासका सञ्चालक डा.नविन बन्दु पहाडीले संस्कार शिक्षालयमा आई ज्ञान आर्जन गर्न सबै बालबालिकामा आग्रह गर्नुभएको छ ।
प्रदेश सांसद डा.कार्कीमार्फत प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तरगत प्राप्त रु. २० लाख र स्थानीय चन्दादाताबाट संकलित गरी कुल ३६ लाख लागतमा निर्मित ३ वटै संरचनाको एकैसाथ उद्घाटन गरिएको हो ।
आमाको माया छात्रावासका अध्यक्ष पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद डा.कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा शिक्षक विद्यार्थी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |