प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
यहि फागुन ११ गते रवि धादिङ आउने
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
धादिङबेशी । आसन्न निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ११ गते धादिङ आउने भएका छन्। क्षेत्र नम्बर २ का उम्मेदवार बोधनारायण श्रेष्ठ र क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको पक्षमा माहोल बलियो बनाउन लामिछानेको जिल्लास्तरीय चुनावी दौडाहाको कार्यक्रम तय भएको हो।
रास्वपाका अनुसार लामिछानेले बिहान आरुघाटमा कार्यक्रम सम्पन्न गरेपछि दिउँसो १ः३० बजे सल्यानटार, २ः३० बजे धादिङबेशी र ४ बजे गल्छीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने तालिका रहेको छ।
पार्टी स्रोतका अनुसार यी तीन स्थानलाई रणनीतिक रुपमा छनोट गरिएको हो। सल्यानटार ग्रामीण भेगको प्रतिनिधित्व गर्ने केन्द्रका रूपमा, धादिङबेशी जिल्ला सदरमुकामको राजनीतिक धुरीका रूपमा र गल्छी पूर्व–पश्चिम आवागमनको संवेदनशील नाकाका रूपमा महत्वपूर्ण मानिन्छ।
रास्वपाका नेता राजन अर्यालले नीलकण्ठ एफ.एम. सँग कुराकानी गर्दै सभापति लामिछानेको उपस्थितिले कार्यकर्ता पंक्तिमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार जिल्लाभरबाट समर्थकहरू कार्यक्रमस्थलमा सहभागी हुने तयारीमा छन्।
पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको रूपमा उभिएको रास्वपाले धादिङमा प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको सन्दर्भमा लामिछानेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चुनावी प्रतिस्पर्धा चर्किंदै गएको धादिङमा उनको सम्बोधनले मतदातालाई कस्तो सन्देश दिन्छ र स्थानीय समीकरणमा कस्तो असर पार्छ भन्ने चासो बढेको छ।
धादिङमा ११ गतेको कार्यक्रमलाई लिएर राजनीतिक वृत्तमा अहिलेबाटै चर्चा सुरु भएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |