नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१५ असोज ।
सङ्घीय राजधानी काठमाडौँको प्रमुख मार्ग पृथ्वी राजमार्गलाई लगातारको वर्षा र पहिरोले ठूलो क्षति पुर्याएको छ। तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ, जसले गर्दा कतै सडक पुरिएका छन् भने कतै छेउ भासिएका छन्। विशेषगरी त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा भएको पहिरोमा ३५ जनाले ज्यान गुमाए भने झण्डै दर्जन सवारीसाधन क्षतिग्रस्त भए।
पहिरोपछि आइतबारदेखि झ्याप्ले खोला क्षेत्रलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। यस्तै, नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबारदेखि सवारी सञ्चालनमा आएका भए पनि यात्रु र चालकको यात्रा सहज भइसकेको छैन।
पहिराका कारण विभिन्न स्थानमा यात्रा जोखिमपूर्ण बनेको छ भने निरन्तर पहिरो पन्छाउने काम जारी छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले सबै पहिरो पन्छाउन अझै केही समय लाग्ने जानकारी दिएका छन्।
सडकमा रोकेका सवारीसाधनलाई काठमाडौँ प्रवेश गराइए पनि पहिरोको जोखिम अझै बाँकी छ। धादिङको गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ प्रवेश गर्नका लागि साना तथा हल्का सवारी साधनलाई निर्देशन गरिएको छ। पहिरो प्रभावित क्षेत्रबाट अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई नौबिसे–नागढुङ्गा सडकखण्ड प्रयोग गरेर प्रवेश गराइएको छ।
राजमार्गमा पहिराका कारण यात्रुहरू त्रसित छन्। विभिन्न ठाउँमा पहिरोका कारण यात्रा अवरुद्ध हुँदा यात्रुले लामो समयसम्म जाममा बस्नुपरेको छ। बिजुली अवरुद्ध हुँदा सञ्चारमा पनि समस्या देखिएको छ। यात्रामा शौचालय र खाद्यान्न अभावले पनि यात्रुहरूलाई कठिनाइ भएको छ।
दसैँको मुखमा यात्रुको चाप बढ्दै जाँदा राजमार्गको दयनीय अवस्था अझ बढी चुनौतीपूर्ण बन्ने देखिन्छ। चाडपर्वका बेला हुने सडक दुर्घटनाबाट हुने क्षति कम गर्न समन्वय आवश्यक देखिएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |